प्रदेशको नाम जाति र भाषाबाट राख्‍न बाबुरामको सुझाव

राजनीति

10/7/2020

काठमाडौं, २१ असोज । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा राख्न सुझाव दिएका छन् । उनले ट्वीटमार्फत प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन् ।

‘प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने?’उनले प्रश्न गरेका छन्,‘यो कहाँको माक्र्सवाद, लोकतन्त्र र संघीयता हो?’

उनले अन्य देशको उदाहरण दिदैँ जाति, भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने? भन्दै प्रतिप्रश्न गरेका छन् ।

भट्टराईले लेखेका छन्,‘अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति र भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?’

नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण गरिएको छ । जसअनुसार प्रदेश ३ ले बागमती, प्रदेश ४ ले गण्डकी, प्रदेश ५ ले लुम्बिनी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश १ र २ को नामाकरण हुन बाँकी रहेको छ ।

जनता समाजवादी पार्टीले मंगलबार प्रदेश ५ को नामकरण ‘अवध–थारुवान–मतरात’ राख्ने पक्षमा मत दिने गरी संशोधन दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ