प्रदेश प्रहरी ऐनप्रति प्रचण्डले असन्तुष्टि जनाउँदै भने, ‘केन्द्रलाई ओभरटेक गर्ने प्रयास नगर्नुस्’

राजनीति

10/23/2018

जनकपुरधाम, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को प्रहरी ऐनप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले असन्तुष्टि जनाउँदै केन्द्रलाई ओभरटेक नगर्न चेतावनीसमेत दिए ।

सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाईसमेत आमन्त्रण गरिएको थियो । मुख्यमन्त्रीको अगाडि नै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । ‘अन्यथा दुर्घटना हुनेछ’ प्रचण्डले भने ।

प्रचण्डले भने, ‘संघीय प्रहरी ऐन बनाउन केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ