काठमाडौं, ७ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारले ल्याएको प्रहरी ऐन कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् ।
मधेशवाणी रेडियो कार्यक्रमको बुधबारको एक अन्तर्वार्तामा मुख्यमन्त्री राउतले यस्तो दाबी गरेका हुन् ।
उनले आफूहरुले ल्याएको ऐन देखाउनका लागि होइन, कार्यान्वयन पनि गर्ने बताए । संविधानअनुसार नै प्रहरी ऐन ल्याइएकोले यसलाई कार्यान्वयन हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनीपूर्ण भाषामा केन्द्रलाई ओभरटेक नगर्न भन्नुभएको छ भन्ने मधेशवाणीको जिज्ञासामा मुख्यमन्त्री राउतले भने, ‘मलाई लाग्छ उहाँहरुले नै ल्याउनुभएको संविधान पढ्नुभएको छैन । संविधान स्पष्टरुपमा लेखिएको छ कि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउने ।’
उनले संघीय नचाहनेहरुले प्रदेश प्रहरी ऐनको विरोध गरिरहेको आरोप लगाए । शोषित, पीडित जनताका अधिकारको कुरा दुर्घटना निम्तिन्छ भन्ने भन्नु परिवर्तन विरोधी मानसिकता अझै कायम रहेको जिकिर गरे ।
तपाईको प्रतिक्रिया