रौतहट, २९ असोज । संघीय प्रेस फोरम जिल्ला कार्यसमिति रौतहटको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम यमुनामाई गाउँपालिकाको वडा नंबर १ जेठरहिया स्थित सुकदेव चौकमा सोमबार सम्पन्न भएको छ ।
पर्वको अवसरमा एकअर्काबीच माया प्रेम सदभाव कायम गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
संघीय प्रेस फोरम जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष किशोरी यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारले नियतवश प्रदेश २ सँग विभेद गर्दै आएको आरोप लगाएका छन् ।
प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै राज्यमन्त्री यादवले प्रदेश सरकारले प्रहरी ऐन पारित गरेपछि वामलाई तनाव भएको टिप्पणी गरे ।
प्रदेश सरकारलाई संघीय सरकारले दमन गर्ने नियतले कर्मचारी बदलने गरेको दावी गरे । केन्द्रीय सरकारको विभेदकारी कारोबारले प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेको बताउँदै अब विभेद गर्न नपाउने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद शेख लालबाबूले प्रहरी विधेयक पास गर्नमा वामका नेताहरुले विभेद गरेको दावी गरे । उनले प्रदेश सरकारले संविधान प्रदत अधिकार प्रयोग गर्न लाग्दा केन्द्र सकारको टाउको दुखाइ भैरहेको व्यंग गरे । सांसद लालबाबुले आफ्नो अधिकार प्रयोग गर्दा टाउको किन दुख्यो भने प्रश्न समेत गरे । जति गरे पनि २ नंबर प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर नै छाडने ठोकुवा गरे ।
केन्द्रीय सदस्य चुल्हाई राय यादव, विश्वनाथ पटेलले संघीय सरकारलाई प्रदेश सरकारले सीधा टक्कर दिने गरेको बताए । मधेशको अधिकारको लागि बलिदानी दिने वीर मधेशी शहीदहरुको सपना सकारको लागि प्रदेश सरकारले काम गर्नु पर्ने धारना व्यक्त गरे ।
जिल्ला सहसंयोजक श्यामविहारी यादवले प्रहरी विधेयक पारितमा नेपाली कांग्रेसले सहयोग गरे पनि वामका सांसदहरुले असहयोग गरेको बताए । उनले भने कांग्रेसले विधेयक पास गराउनमा कांग्रसले साथ दिए पनि वामले अवरोध गरेकोले वामको गतिविधि मधेश विरोधी भएको प्रस्ट देखिएकोले वामको असहयोग गर्नु पर्ने जोड दिए ।
संघीय प्रेस फोरम नेपाल प्रदेश २ का कोषाध्यक्ष राकेश यादवले स्वागत गरेको कार्यक्रममा प्रदेश सदस्य किरण साह, शोभा देवी साह प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद यादव, यमुनामाई गाउँपालिकाका प्रमुख श्रीप्रसाद मुखिया, वडा अध्यक्षहरु नन्दलाल यादव, डीके झा, फोरम नेता रामेश्वर प्रसाद यादव लगायतका वक्ताहरु आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो पटक संघीय प्रेस फोरमले आयोजना गरेको कार्यक्रममा फोरम नेपालका नेता कार्यकर्ता लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचित वडा अध्यक्षहरु सहित संचारकर्मीहरु उल्लेख्य संख्यामा सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया