प्रदेश १ का प्रमुख र बंगलादेशका राजदूतबीच शिष्टाचार भेट

राजनीति

11/20/2018

विराटनगर, ३ मंसिर । प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङसँग नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले शिष्टाचार भेट गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताए ।

सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताए ।विराटनगर, ३ मंसिर । प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङसँग नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले शिष्टाचार भेट गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताए ।

सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताए ।

तपाईको प्रतिक्रिया

ट्रेन्डिङ