प्रदेश २ का छोरीहरु अब लखपति भएर जन्मिने : मुख्यमन्त्री राउत

राजनीति

12/31/2018

सर्लाही, १६ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश २ मा माघ १ गतेपछि छोरीहरु लखपति भएर जन्मिने बताएाका छन् ।

सर्लाहीको पर्सा गाउँपालिकामा आइतबार चलिसाहा दाहाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री बेटीपढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रदेशका ८ वटा स्थानीय तहमा यो कार्यक्रम लागू भएको र त्यसमा पर्सा गाउँपालिकासमेत रहेको जानकारी गराए ।

मुख्यमन्त्री राउतले भ्रुणमै छोरीको हत्या गरिने कार्यलाई निरुत्साहित गर्न प्रदेश सरकारले बेटी विमा योजना ल्याएको उल्लेख गरे ।

उनले यो कार्यक्रम पहिलो चरणमा ८ वटा स्थानीयतहमा मात्र लागु गरिए पनि अगामी आर्थिक वर्ष देखी प्रदेशभरि नै लागु गरिने योजना आफुहरुको रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले अहिले गरेका गतिविधिहरु बारे उल्लेख गर्दै बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तिकरण ऐन, मदरसा बोर्ड जस्ता कार्यहरुले समाजिक परिर्वतनमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ