प्रदेश २ का निजामती कर्मचारीहरु आन्दोलित, हातमा कालोपट्टि बाँधी पेनडाउन गर्ने

राजनीति

1/16/2019

जनकपुरधाम, २ माघ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमाथि कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषा कार्यसमितिले बुधबार विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

गत सोमबार ट्रेड युनियनले २४ घन्टे अल्टिमेटम दिँदै मन्त्री यादवमाथि कारबाहीको माग गरेको थियो । सो अवधिमा कुनै कारबाही नगरिएको भन्दै बाध्य भएर आन्दोलित हुनुपरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश २ को क्षेत्र भित्र रहेका सम्पूर्ण संघीय, प्रादेशिक तथा स्थानीय निकायहरुका कर्मचारीहरु आन्दोलित भएका छन् ।

आन्दोलनको कार्यक्रम

मिति २०७४।१०।२ गते बुधबारः हातमा कालो पट्टी बाँधी विहान १० बजेदेखि ११ः०० बजे सम्म पेन डाउन गर्ने । बाँकी समय हातमा कालो पट्टी बाँकी काम काज गर्ने ।

मिति २०७४।१०।३ गते बिहीबारः हातमा कालो पटी बाँधी बिहान १० बजे देखि १२ः०० बजेसम्म पेन डाउन गर्ने । बाँकी समय हातमा कालो पट्टी बाँधी काम काज गर्ने ।

मिति २०७४।१०।४ गते शुक्रबार ः हातमा कालो पट्टी बाँधी विहान १० बजेदेखि १ः०० बजेसम्म पेनडाउन गर्ने । बाँकी समय हातमा कालोपट्टी बाँधी काम काज गर्ने ।

उपरोक्त अवधि भित्र मागहरु पूरा नगरिए २०७४।१०।५ गते आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने ।

वोधार्थ निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन,

केन्द्रिय समिति, काठमाण्डौ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ