प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्छ : उपसभापति निधि

राजनीति

2/18/2019

जनकपुरधाम, ५ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्ने बताएका छन् ।

उनले मिथिला–भोजपुराबाहेक अन्य नाम कांग्रेसलाई मान्य नहुने प्रष्ट्याएका हुन् । जनकपुरधाममा आइतबार आयोजित कांग्रेसको नगर सम्मेलनमा उपसभापति निधिले सो कुरा बताएका हुन् ।

उनले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक भूमिसँग मिथिलाको इतिहास र पहिचान जोडिएकाले प्रदेशको नाम मिथिला–भोजपुरा हुनुपर्ने जिकिर गरे ।

साथै उनले प्रदेशको भाषा मैथिली हुनुपर्ने बताए । उनले नामाकरण र भाषा टुंगो लगाउने क्रममा कुनै जालझेल वा षड्यन्त्र भए आन्दोलन गर्न समेत प्रदेशसभा सदस्यलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ