बारा, ३ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रदेश २ लाई समृद्ध बनाउनु संघीय सरकारको प्राथमिकता भएको बताएका छन् ।
कलैया–जितपुर सडकखण्डको जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुरटोलस्थित दुधौरा खोलामा बनाइएको पुल उद्घाटन गर्दै नेम्वाङले भने, ‘तराई–मधेशको मेरुदण्डका रूपमा रहेकोे हुलाकी सडकको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।’
पूर्व–पश्चिम रेलमार्गको काम पनि प्रदेश २ कै बर्दिबासबाट सुरु गरिएको उनको भनाइ थियो ।
‘वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग, निजगढ–काठमाडौं जोड्ने फास्ट ट्रयाकलगायत ठूला योजनाहरू सरकारले प्रदेश २ मा सञ्चालन गरिरहेको छ,’ मन्त्री नेम्वाङले भने ।
एक सय १२ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको दुधौरा पुलले बाराको सदरमुकाम कलैयालाई वीरगन्ज–पथलैया व्यपारिक मार्गसँग जोड्ने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
तपाईको प्रतिक्रिया