काठमाडौं, १५ कार्तिक । प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी विजयलाल कायस्थ नियुक्त भएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रस्तावमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन् । सेवा निवृत्त हुनुअघि कायस्थ प्रदेश २ मै कार्यरत थिए ।
तपाईको प्रतिक्रिया