प्रदेश २ : प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु

राजनीति

11/27/2018

जनकपुरधाम, ११ मंसिर । प्रदेश २ मा प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

देश संघीय प्रणालीमा गएपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको हो । नेपाल प्रहरी अन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा रिक्त पदपूर्तिका लागि असोज १५ गते विज्ञापन आह्वान गरिएको थियो ।

विज्ञापन अनुसार प्रदेश २ मा निर्धारित अवधिभरमा १६६१ जनाले दरखास्त दिएका हुन् । जसमा ५९ महिला र बाँकी पुरुष रहेका छन् ।

विभिन्न चरणको परीक्षा सोमबारदेखि प्रदेश २ को संघीय प्रहरी ईकाई कार्यालय जनकपुरमा सुरु भएको हो ।

तीन चरणमा हुने परीक्षणमा सर्वप्रथम प्रारम्भिक स्वास्थ्य परीक्षण, दोस्रो चरणमा शारीरिक तन्दुरुस्ती परीक्षा र तेस्रो चरणमा विस्तृत स्वास्थ्य परीक्षण परीक्षा हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ