जनकपुरधाम, २७ असोज । प्रदेश २ को प्रदेशसभा बैठकले ‘प्रदेश प्रहरी ऐन २०७५’ बहुमतले पारित गरेको छ ।
शनिबार बसेको प्रदेशसभाको बैठकबाट प्रहरी ऐन पारित भएपछि प्रदेश सरकारले अब आफ्नै प्रहरी प्रशासन गठन गर्ने बाटो खुलेको हो ।
सो ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ । तर, कांग्रेसले समर्थन गरेको स्रोतले जनाएको छ ।
प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले यसअघि पनि प्रदेश सरकारले अब आफ्नै प्रहरी प्रशासन गठन गर्ने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया