जनकपुरधाम, ८ असोज । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेशभरिमा ५० हजार विरुवा रोप्ने निर्णय गरेको छ ।
वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थित हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाए ।
स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षरोपन कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरिरहेको छ । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया