प्रदेश ५ का मुख्यमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

राजनीति

11/11/2018

बुटवल, २५ कार्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आइतबार बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनका विषयमा चिनियाँ अनुभव आफ्नो सरकारका लागि काम लाग्ने बताएका छन् । उनले चिनियाँ रेल काठमाडांैँ हुँदै लुम्बिनी छिट्टै आउने विश्वास पनि व्यक्त गरे ।

राजदूत होङले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै बढाइने बताए । धेरै चिनियाँको मनमा रहेको लुम्बिनीेलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको स्पष्ट गरे ।

चिनियाँ राजदूतले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्रीलाई निमन्त्रणासमेत गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । भेटका अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका प्रमुख सचिव डा तीर्थ ढकाललगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ