प्रदेश ५ मा फोरमको खेलकुद महासंघ समिति गठन

राजनीति

2/17/2019

कपिलवस्तु, ५ फागुन । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न भएको छ ।

भेलाले विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उपेन्द्र यादव, राजकुमार हरिजन, मुख्य सचिवमा अफजल खान, सचिव अमरेश प्रताप सिंह, केशव कुमार सारु र कोषाध्यक्षमा मिना सोमै रहेका छन् ।

पार्टी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता एवं राजनीतिक समिति सदस्य सहशराम यादवको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य पुर्णबहादुर बस्नेत र बैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवारको विशिष्ट आतिथ्यमा सम्पन्न भेलामा पुर्णबहादुर बस्नेत, सहशराम यादव लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेश समिति सदस्य हरिकला थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन हिमानी थापा मगरले गरेकी थिइन् । ससफो नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले सो कुरा जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ