काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एच.डी.देवेगौडा बीच बालुवाटारमा शिष्टाचार भेट भएको छ ।
भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई तथा धन्यवाद दिएका थिए । देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्धमा नयाँ उचाइमा पु¥याएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताए । प्रधानमन्त्री ओलीले भने “दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ ।”
तपाईको प्रतिक्रिया