काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका छन् । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
“राष्ट्र संघको ७३औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने “नेपालको शान्ति, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”
तपाईको प्रतिक्रिया