काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोली सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सब–स्टेशनको दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।
यसैगरी दिउँसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर –बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
यस्तै, भोली सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । भोली नै दिउसो ११.३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया