काठमाडौं, ४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले मधेश भ्रमणको क्रममा मधेशमै गएर मधेशलाई तराई भनौं भन्ने दिएको अभिव्यक्तिबारे मधेशी राजनीतिकर्मी जेपी गुप्ताले कडा जवाफ फर्काएका छन् ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी पूर्वराजा शाहको भनाईप्रति कडा आपत्ति व्यक्त गरेका छन् ।
गुप्ताले ट्वीट गरेका छन्, ‘धर्ममा केन्द्रित रहेका ज्ञानेन्द्रलाई राष्ट्रियताको कुरामा आफु पछि परेको लागेछ क्यार । मधेशलाई आफुले तराई भन्ने गरेको भनेछन् ।’
‘यिनका बाबुबाजेले तेही भूभागमा दरो पकड बनाउन वन, भूमि, भन्सार जस्ता कैयौं कानूनहरूको नाममा..“मधेशको सवाव” लेख्ने गरेको नक्कचरोले बिर्सेछन् !’ गुप्ताले ट्वीट गरेका छन् ।
तपाईको प्रतिक्रिया