पूर्वसभासद बबन सिंहसहित दुई वडा अध्यक्ष कुटिए

राजनीति

10/23/2018

रौतहट, ६ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा दोस्रो नगर सभा हुनु अगावै सोमबार कुटाकूट भएको छ ।

गत आर्थिक वर्ष २०७४।२०७५ को आय व्ययको जानकारी लिन गएका स्थानीय नगर स्तरीय नेकपा कार्यकर्त्ताहरुलाई निर्वा्चित वड़ा अध्यक्षले अपशव्द प्रयोग गरे पछि शुरू भएको सामान्य विबाद उग्र रूप लिएपछि कुटाकूट भएको हो ।

आक्रोशित नगरवासीहरुले स्थानीय वड़ा नंबर ४ का वड़ा अध्यक्ष भाग्य नारायण साह, वड़ा नंबर ८ का अध्यक्ष शंकर यादव, कार्यपालिका सदस्य जयमंगल दासलाइ हातपात गरेका हुन ।

डेलिगेशन लिएर गएका नेकपाका नेता राजकिशोर प्रसाद यादव, भिखारी प्रसाद यादवले नगरप्रमुख धीरेन्द्र कुमार सिंहसित गत आर्थिक वर्षमा भएको विभिन्न शीर्षकका खर्च बारेमा प्रश्न गरेका थिए ।

सयौंको संख्यामा रहेका समूहको नेतृत्व गर्दै राखेका जिज्ञासाको मेयर सिंहले सम्बोधन गर्दै गरेको अवस्थामा ३४ लाखको लागतमा जडान गरिएको पोल बती खराब रहेको एक जनाले सोधे पछि वडा नंबर ४ का अध्यक्ष साह र सदस्य दासले दमन गर्ने उद्देश्यले अपशब्द प्रयोग गरेपछि स्थानीयहरु आक्रोशित भएपछि झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बैठकस्थलभन्दा बाहिर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व सभांसद बबन कुमार सिंहले गाली गर्दै नेकपाका नेता राजकिशोर यादवलाई समात्ने बित्तिकै आक्रोशित भीडले पूर्व सभासद सिंहलाइ पनि कुटाई गरेको स्थानीयहरुले बताएका छन् ।

नेता यादवले पार्कको विषयमा पनि जिकिर गरेका थिए । मेयरसँग सरोकारको विषयमा वडा अध्यक्ष साह र सदस्य दास बोलेकोमा विवाद भएको बुझिएको छ । मेयर सिंहले गत साउन महीनामा बागमती नदीले कटान गर्न थालेपछि कटान रोक्नको लागि तत्काल पाइलिङ्ग गरिएको थियो ।

पाइलिंगका लागि नदी नियन्त्रण कार्यालयले बोरा र जाली उपलब्ध गरेपनि मेयर सिंहले ५२ लाख रकम निकासा गरी लिएकोले सोको खर्च सार्वजनिक गर्नु पर्ने, ३४ लाखको विजुली बतिको हिसाव दिनु पर्ने, खरीद गरिएको निर्माण उपकरणको प्रस्ट विवरण जनता समक्ष दिनु पर्ने लगायतका माग डेलिगेशन लिएर गएका बाम नेता कार्यकर्ताहरुले गरेका थिए ।

स्थानीय युवा समाजसेवी नविन सिंहले विजुली बतिको विल देख्दा साढे सात हजार प्रति गोटा मूल्य रहेको देखिएकोले के कसरी खरीद गरियो भन्ने मेयर सिंह सित सोधेका थिए । मेयर सिंहले सो विषयमा समितिलाई जानकारी रहेको भन्दै पन्छिएका थिए ।

भुक्तानी भएपछि स्थानीय वडा नंबर ९ ब्रह्मपुरीमा दशै अगाडी कहाँबाट बति जडान गरीयो, वडा अध्यक्ष समेतलाई सो विषयमा किन जानकारी गराइएन भनी सोध्दा मेयरका समर्थकले रोक लगाउन खोज्दा त्यहाँ उपस्थित भएका बाम समर्थक युवाहरुले युवा समाजसेवी सिंहलाई आफ्नो प्रश्न राख्नु पर्ने जोडदार समर्थन गरेका थिए ।

बति जडान उपभोक्ता समितिका अध्यक्षमा २ नंबर वडाका वडा अध्यक्ष सनूप महतोको आफन्त विनोद महतो, सचिव ४ नंबर वडा अध्यक्ष भाग्य नारायण साहको आफन्त राधेश्याम साह रहेका छन् भने कोषाध्यक्षमा ६ नंबर निवासी सुशीला देवी रहेका छन् ।

विजुली बति जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी समेत गरेको छ । आयोगमा विचाराधीन रहेको विषयमा जानकारी लिन स्थानीयले खोजेपछि वडा अध्यक्ष साहले बहुमतको दम्भ देखाउँदै दमन गर्न खोजेको उनीहरुले आरोप लगाएका छन् ।

उपप्रमुख अंशु सिंहका श्रीमान समेत रहेका पूर्व सभासद बबन सिंहले ६ लाखको लगतमा पार्क निर्माण गरी अनियमिता गरेको हुँदा छानबीन हुनु पर्ने माग गर्दा सिंह पनि दमन गर्न खोजेका थिए । बासको घेरबेर गरी पार्क बनाइएकोले रकम अनियमितता भएको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ