कपिलवस्तु, २८ कार्तिक । संघीय प्रेस फोरम कपिलवस्तुको प्रथम अधिवेशनले दिलीप कुमार यादवको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
मंगलबार भएको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिले नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सोना खटिक, सचिव निरहू यादव, सहसचिव प्रतिमा विश्वकर्मा, कोषाध्यक्ष देवानन्द ठाकुर र सदस्यहरुमा राम लखन जयसवाल, सविता गुप्ता, कृष्ण बहादुर कुवँर, सुग्रीम यादव, सहबाज खाँन, विनय चौबे लगायत १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष रामसेवक यादवको अध्यक्षता, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य शहसराम यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, जिल्ला सदस्य रामनेवास यादव लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया