काठमाडौं, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको सातौं बैठक सम्पन्न भएको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठक आइतबार सम्पन्न भएको हो ।
सो बैठकले आगामी बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरु :
१. २०७५ साल माघ २८, २९ र ३० गते सम्पन्न गर्ने भनिएको प्रथम राष्ट्रिय एकता महाधिवेशनको लागि तयारी गर्ने समय अपुग भएकोले आगामी२०७६ वैशाख २८, २९ र ३० गते जनकपुरधाममा पार्टीको सो केन्द्रीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
२. राष्ट्रिय महाधिवेशनअघि प्रदेश र स्थानीय तहको अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेश, जिल्ला र कमिटिहरुलाई निर्देशन जारी गरिएको छ ।
३. महाधिवेशन तयारी सन्दर्भमा सदस्यता नवीकरण २०७५ माघ २५ गतेसम्म गरिसक्नु पर्ने,
तदर्थ समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन २०७५ फागुन २५ गतेसम्म सम्पन्नगरिसक्नु पर्नेछ । त्यस्तै, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला समन्वय समितिरूको गठन २०७५ चैत्र ५ गतेसम्म र प्रदेश अधिवेशन २०७५ चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने साथै कृयाशील सदस्यता नवीकरण विवरण २०७५ फागुन १० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नवीकरण वापतको शुल्क पनि बुझाउन बैठकले निर्णय गरेको छ ।
४. पार्टीको नीति, कार्यक्रम, वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको भूमिकालगायतका आवश्यक बिषयहरुमा प्रशिक्षणको आयोजना गर्ने निर्णय पनि भएको छ । उक्त प्रशिक्षण कार्यक्रम प्रदेश समितिकोे आयोजना र व्यवस्थापनमा हुनेछ ।
तपाईको प्रतिक्रिया