विराटनगर, २८ भाद्र । सङ्घीय समाजवादी फोरम नेपालले प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा गर्ने भएको छ । भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव पर्शुराम बस्नेतले पहिचानसहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानजस्ता राजनीतिक मुद्दा कायम रहनुपर्छ भन्ने पार्टीको मान्यता रहेको बताए ।
तपाईको प्रतिक्रिया