फोरमका सांसदद्वारा बलात्कारीलाई फाँसीको सजाय दिन माग

राजनीति

1/1/2019

काठमाडौं, १७ पुस । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बलात्कारीलाई फाँसीको सजाय दिन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले पर्सा जिल्ला पकहामानपुर गाविस वडा नं. १ ढोरे गाउँकी साढे पाँच वर्षकी बालिका बलात्कारको शिकार भएको घटनाबारे बोल्दै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका हुन् ।

उनले गत आइतबार २२ वर्षीय देवकुमार पटेलले सो बालिकालाई चकलेट दिने बहाना एकान्तमा लगी बलात्कार गरेको भन्दै अहिलेसम्म प्रहरीले बलात्कारी पक्राउ गर्न नसकेको गुनासोसमेत गरे ।

बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई फाँसी सजायको विकल्प नरहेको उनले सभामुखसँग आग्रह गरे । कडा कानून बनाएर बलात्कारीलाई फाँसी दिइएन भने आउने दिनमा छोरी चेली सुरक्षित नहुने जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ