काठमाडौं, २८ पुस । शनिबार काठमाडौंको खसिबुँमा हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेशन), नेपाल च्याप्टरको दोस्रो महाधिवेशनको अवसरमा सङघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठलाई उनले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
हलिं नेवाः दबूको सदस्य समेत रहेका श्रेष्ठले मातृभाषामा शिक्षा, आवास सम्बन्धी हक लगायतका कानुन निर्माणमा उत्पीडितहरूको पक्षमा संशोधनसहित पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
सङ्घीय गणतन्त्रमा समेत नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नेपाली र अंग्रेजी भाषाबाट मात्रै शिक्षा दिने र संस्कृत शिक्षालाई अलग विधा हुने गरी विधेयक दर्ता गरेको भाषिक अधिकारवादीहरूको पक्षमा विधेयकमा संशोधन दर्ता गराउनुका साथै त्यसलाई पारित गराउन विशेष भुमिका खेलेका थिए ।
त्यसरी नै भविष्यमा मुआब्जा दिए हुने गरी सडक विस्तारको नाममा जनताकोे घरजग्गा लिनपाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायवादी सोच भन्दै त्यसमा पनि संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराएका थिए ।
तपाईको प्रतिक्रिया