काठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश समिति अध्यक्ष रेणु यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
फोरमको पदाधिकारी बैठकमा यादवले राजीनामा दिएकी हुन् । संविधान दिवसको अवसरमा फोरमको केन्द्रीय समितिले मौन बस्ने निर्णय गर्दा पनि प्रदेश २ की अध्यक्षसमेत रहेकी यादवले सो निर्णयलाई उल्लंघन गर्दै कालो दिवस मनाएको भन्दै केही नेताहरूले कारबाहीका लागि आवाज उठाउँदा यादवले राजीनामा दिइन् ।
उनले संविधान दिवसको दिन विज्ञप्ति जारी गरी कालो दिवस मनाउने निर्णय गरेपछि अन्य नेताहरूले कारबाहीको माग गर्दै आएका थिए । उनले राजीनामा दिएपनि अहिलेसम्म स्वीकृत नभएको राजनीतिक समितिका सदस्य अमरेश नारायण झाले बताएका छन् ।
तपाईको प्रतिक्रिया