काठमाडौं, २७ भाद्र । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफूहरुले संविधान दिवस वा कालो दिवस नमनाउने बताएका छन् । उनले फोरम मौन भएर बस्ने बताएका हुन् ।
फोरमले संविधान संशोधन होइन, पुनर्लेखन गर्नुपर्छ भनेको थियो, तर अहिले त्यहीं संविधानलाई मानेर सरकारमा छ, फोरमले के गर्छ भन्ने प्रश्नको जवाफमा सांसद यादवले भने, ‘हामीले यो संविधानका त्रुटिहरु सच्याउनकै लागि सरकारमा गएका हौं ।’
उनले भने, ‘हामी सरकारमा भएपनि संविधान दिवस मनाउँदैनौं ।’ त्यसो भए के गर्नुहुन्छ भन्ने मधेशवाणीको प्रश्नको जवाफमा सांसद यादवले भने, ‘हामी न संविधान दिवस मनाउँछौं न कालो दिवस । हामी तटस्थ बस्छौं ।’
उनले फोरम संविधान संशोधन गराएरै छाड्ने दाबी गरेका छन् । संशोधनका लागि प्रधानमन्त्री गम्भीर देखिएपनि त्यसका लागि अहिलेसम्म प्रक्रिया सुरु नगरेको प्रति असन्तुष्टि जनाएका छन् ।
उनले यो सरकारले असोज ३ पछि संशोधनका लागि प्रक्रिया अगाडि बढाउने दाबी गरेका छन् । यदि त्यसो नगरे फोरम सरकारबाट बाहिरिने र सडकमा आउने समेत बताएका छन् ।
तपाईको प्रतिक्रिया