फोरम नेपालको प्रदेश समितिको दोस्रो बैठक सम्पन्न

राजनीति

11/2/2018

इमरान खान, बुटवल, १५ कार्तिक । संघीय समाजवादी फोरम नेपालको प्रदेश ५ को प्रदेश समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।

प्रदेश ५ का प्रदेश अध्यक्ष अशोक यादवकोे अध्यक्षतामा तथा प्रदेशसभा सदस्य सहसराम यादवको प्रमुख अतिथि तथा विशिष्ट अतिथिमा राजनीति समिति सदस्य मंगल प्रसाद गुप्ता, तराई थारुवतमधेश प्रदेशकाअध्यक्षमहेंद्र यादव, ५ नं. प्रदेशको प्रदेश समितिकामुख्य सचिव डा. अब्दुल रसिदखाँ, ५ नं. प्रदेशका सह इंचार्ज नवीन सुनुवार, केन्द्रिय सदस्यएवमपुर्ब संसद कमला विश्वकर्मा तथा संघीय समाजवादी युवा फोरम नेपाल ५ नं. प्रदेशका अध्यक्ष असलम खान, संघीय समाजवादी विद्यार्थी फोरमका ५ नं. प्रदेश अध्यक्ष प्रकाश यादवको उपस्थितिमा प्रदेशको दोस्रो वैठक सम्पन्न भएको छ ।

सम्पन्न बैठकबाट विभिन्न जिम्मेवारी बाडफाँड गरिएको छ । संघीय समाजवादी फोरम नेपालको ५ नं. प्रदेशको विभाग प्रमुखमा रामु यादव, अर्थ विभागमा युवा नेता एवम् समाजसेवी अकरम पठान, स्कुल विभागमा सन्दिप पान्डेय तथा ट्रेड युनियन विभागमा शिवपुजन यादवलाई सर्वसम्मतिबाट चयन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ