रुपन्देही, २२ मंसिर । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा विश्व बिद्यालयका नवनिर्मित ५० करोड भन्दा बढी लागतमा निमार्णधिन ७ वटा भवनको उदघाटन गरेकी छन् ।
लुम्विनी बौद्ध बिश्व बिद्यालयको १४औ बार्षिक उत्सवका अवसरमा लुम्विनीमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारीले उक्त भबन उदघाटन गरेकी हुन् ।
उक्त समारोहमा बोल्दै उनले शान्ती समृद्धिको मुल आधार रहेको भन्दै राष्ट्रपती भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका अग्रदुत बुद्धको उपदेशलाई विश्व शान्तीको भावनमा विकास गर्नुपर्ने वताईन । राष्ट्रपति भन्डारीले शान्ति र समृद्धिको मुल आधार बौद्ध शिक्षा भएको समेत बताइन् ।
बौद्ध विश्व विद्यालयमा पढ्नकोलागि विश्वका विभिन्न देशमा विद्यार्थी आर्कसित गर्ने गरी अध्ययान गर्ने वातावरण सृजना गर्नुपर्ने बताईन ।
बुद्ध र लुम्बिनी विश्वमा दुबै परिचित रहेको भन्दै राष्ट्रपती भण्डारीले लुम्बिनी विश्व विद्यालय आवश्यकता अनुसार अझ परिस्कृत रुपमा अगाडी बढ्नको आग्रह गरिन् ।
विश्व विद्यालय शान्तीको ज्ञान छर्ने विश्व स्तरको प्राज्ञिग थलो बन्नुपर्ने भन्दै उनले सिङ्गा राष्ट्रको विकासमा लुम्बिनी बौद्ध विश्व विद्यालयले परिवर्तीत सन्र्दभलाई आत्मसाथ गर्दै समृद्धि नेपालको आकांक्षा पुरा गर्नेमा आसा व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले देश समृद्धिको बाटोमा अगाडी बढाउनको लागि लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानहरु समेत जोडेर बुद्ध परिपथको निर्माण गर्नु आवश्यक रहेको बताइन् ।
भैरहवामा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलले विदेशी पाहुनाहरु स्वागतगमा आतुर रहेको भन्दै राष्ट्रपति भन्डारीले गौतबबुद्ध अन्तराष्ट्रीय विमान स्थल पुर्णरुपमा सञ्चालनमा आएपछि लुम्बिनीको गरिमा झनै बढ्ने आशा व्यक्त गरेकी छन् ।
कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीलाई बिश्वका शान्ति र ज्ञानप्रेमिको आस्थाको केन्द्र बनाउन सरकारले बिशेष प्राथमिकताका साथ लुम्बिनी गुरु योजनालाई पुरा गर्न लागेको बताए ।
लुम्बिनी गुरुयोजनाको काम अबको तीन वर्षमा सक्ने गरी कार्य अगाडी बढाइएको बताउदै गुरुयोजना सक्नको लागि एकै पटक ग्लोबल टेन्डरको आह्वान गर्न लागेको बताए ।
सो अबसरमा पुर्व उप कुलपती प्रा.डा. नरेशमान बज्राचार्य र प्रा.डा त्रिरत्नलाल बज्राचार्य, पुर्व रजिष्टार पिताम्बर लाल यादवलाई समेत सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया