काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगरबार मन्त्रिपरिषद्को बैठकमा यस्तो जानकारी दिएका हुन् र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा आफू बताएका हुन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा कोही दोहोरिने र कोही बाहिरिने सम्भावना रहेको निकटस्रोतले जनाएको छ । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने ।
नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।
नेकताका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार बिहान वार्ता हुँदैछ । बुधबार विहान नेकपा सचिवालय बैठक समेत बोलाइएको छ ।
तपाईको प्रतिक्रिया