काठमाडौं, ३ चैत । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाम परिवर्तन गरी चौकीदार नरेन्द्र मोदी राखेका छन् ।
भारतमा आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै चुनावी नाराको रुपमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुसमेतले आफ्नो नामको अगाडि चौकीदार राखेका हुन् ।
प्रधानमन्त्री नरेंद्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, रेलमन्त्री पीयूष गोयलसमेत कैयौं नेताहरुले ट्विटरमा अपने नामको अगाडि चौकीदार शब्द जोडेका हुन् ।
प्रधानमन्त्री मोदीले शनिबारदेखि नै ‘म पनि चौकीदार’ अभियान सुरुवात गरेका हुन् ।
तपाईको प्रतिक्रिया