भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आउँदै

राजनीति

9/25/2018

काठमाडौं, ९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपाल आउने भएका छन् ।

गत अगस्ट महिनामा मात्र बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका मोदीको अर्को भ्रमण नोभेम्बरका लागि तय भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

पाँचौं नेपालको भ्रमणका क्रममा मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने छन् । नोभेम्बर महिनाको २८ र २९ मा नेपाल भ्रमण गर्ने तय भएपनि यो मिति परिवर्तन हुन सक्ने दूतावासले जनाएको छ ।

प्रधानमन्त्री भएको ४ वर्षमा मोदीले नेपलाको भ्रमण पनि ४ पटक गरिसकेका छन् । मोदीको प्रधानमन्त्रीत्व कालमा सायद नोभेम्बरमा हुने नेपाल भ्रमण अन्तिम हुनेछ । आगामी वर्ष भारतमा आम निर्वाचन हुँदैछ ।

यसअघि, प्रधानमन्त्री भएको केही महिनामै पहिलो पटक काठमाडौं आउँदा मोदीलाई जनस्तरबाट जबरजस्त स्वागत भएको थियो ।

नोभेम्बरमा हुने भनिएको मोदीको नेपाल भ्रमणमा उच्चस्तरीय वार्ता पनि हुने जनाइएको छ । तर, कुन कुन उद्देश्यले आउन लागेका हुन सो विषयमा भने कुनै खुलासा भएको छैन । नेपाली पक्षले भने यो भ्रमणबारे कुनै जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ