भारतीय राज्यमन्त्री नेपाल आउँदै

राजनीति

9/26/2018

काठमाडौं, १० असोज । भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास हेर्ने राज्यमन्त्री धर्मेन्द्र प्रधान शुक्रवार काठमाडौं आउने भएका छन् ।

राज्यमन्त्री प्रधान सेप्टेम्वर २८ तारिखमा काठमाडौं आउने र ३० तारिखमा फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

एक कार्यक्रममा सहभागी हुन काठमाडौं आउन लागेका राज्यमन्त्री प्रधानले नेपालमा रहँदा राजनीतिक भेटवार्ता गर्ने छन् । उनी भारतीय सत्तारुढ दल बिजेपीका प्रभावशाली नेता समेत हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ