मुख्यमन्त्री पोखरेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

राजनीति

11/16/2018

बुटवल, २९ कार्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री पोरखेलले तीन तहको चुनावपछि राजनीतिक सङ्घीयता पूर्णरुपमा कार्यान्वयन भएको र प्रशासनिक पुनःसंरचना एवं वित्तीय सङ्घीयता कार्यान्वयन हुन बाँँकी रहेको बताएका थिए ।

प्रशासनिक पुनःसंरचनाले प्रशासनिक सङ्घीयता कार्यान्वयन हुने र वित्तीय सङ्घीयता कार्यान्वयन भएपछि सङ्घीयताको पूर्णरुपमा व्यावहारिक अभ्यास र कार्यान्वयन हुने मुख्यमन्त्री पोखरेलले बताएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको मोडल अघि सारेको तथा प्रदेशको गरीबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको उनको भनाइ थियो ।

सो अवसरमा राजदूत बेरीले सङ्घीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले २५० वर्षदेखि सङ्घीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ