मृतकका परिवार शव अझै बुझेन

राजनीति

11/2/2018

सर्लाही, १६ कार्तिक । दुई पक्षबीचको झडपमा गोली लागेर कात्तिक १३ गते मङ्गलबार बिहान मृत्यु भएका रामनगर–४ बोहर्वाका ५५ वर्षीय रामविलास महतोको शव अझै परिवारले बुझेका छैनन् ।

मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग पूरा नभएसम्म शव नबुझ्ने नेपाली काङ्ग्रेसले अडान लिएको छ । उक्त घटनामा गोलीको छर्रा लागेर सात जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ