जनकपुरधाम, १२ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सर्लाहीको ब्रह्मपुरीमा आगलगीमा परि मृत्यु भएका धनिकलाल यादवको परिवारलाई राहत स्वरुप दुई लाख आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधबार मुख्यमन्त्री राउतले मृतक धनिकलाल यादवका बुवा गौतम कुमार यादवलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
२०७५ कार्तिक २१ गते लक्ष्मी पूजाका दिन आगलगीमा परि ब्रह्मपुरी ७ नोकेलवाका धनिक लाल यादवको मृत्यु भए पछि प्रदेश सरकारले मुख्यमन्त्री राहतकोषबाट मृतक परिवारलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया