मत्स्य व्यवसायी आत्मनिर्भर बन्छन् : राज्यमन्त्री यादव

राजनीति

11/22/2018

राकेश यादव, रौतहट, ६ मंसिर । प्रदेश नम्बर २ का कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले २ नम्बर प्रदेशका मतस्य व्यवसायीहरुलाई आत्म निर्भर बनाउने बताएका छन् ।

विश्व मतस्य दिवसको अवसरमा रौतहटको गरुडा स्थित तुलसीलाल स्मृति भवनमा आयोजना गरिएको र समृद्धि विषयक अन्तरक्रिया गोष्ठीमा सम्वोधन गर्दै राज्यमन्त्री यादवले प्रदेश नम्बर २ लाई धनि प्रदेश बनाउन कृषिमा लगानी गर्नुको विकल्प नरहेको प्रष्ट पारे । उनले भने हाम्रो प्रदेश भविष्यमा सवै प्रदेश भन्दा बलियो र संपन्न प्रदेश हुनेछन् ।

माछापालन यो प्रदेशमा बढ़ी संख्यामा भई रहेको हुदा माछालाइ निर्यात कसरी गर्ने र व्यवस्थापन कसरी गर्ने विषयमा ध्यान दिनुपर्ने जिकिर गरे । प्रदेश सरकार किसानको लागि काम गर्ने भएको बताउँदै राज्यमन्त्री यादवले किसानको उत्पादन बढाउन र सुरक्षित गर्नको लागि प्रत्येक जिल्लामा सहित भण्डारण केन्द्र स्थापनाको प्रक्रिया अघि बढाइएको बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ