माधव नेपालको संयोजकत्वमा संविधान संशोधन गर्न कार्यदल

राजनीति

2/23/2020

काठमाडौं, ११ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नेकपाले बनाएको हो । जसको सदस्यद्वय पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन् ।

नेकपाको सो कार्यदललाई राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको जनाइएको छ ।

समाचार स्रोतका अनुसार कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्नेछ ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ