सिरहा, ५ माघ । उप्रधानमन्त्री उपेन्द्र यादवले मधेशी जनताले गरेको बलिदानीकै कारण मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र मधेशीहरु मुलुकमा मात्र नभई विश्वभरिमै आफनो पहिचान स्थापित गरेको बताएका छन् ।
शनिबार लहानमा आयोजित बलिदानी दिवसमा शहीदहरुको बलिदानी र घाइतेहरुको परिश्रमलाई आफुहरु कहिले पनि विर्सन नसक्ने उल्लेख गर्दै उनले अब प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष गर्ने जिम्मेवारी आफुहरुको काँघमा रहेको बताए ।
उपप्रधानमन्त्री यादवले संविधान संशोधनको विकल्प नरहेको जिकिर गर्दै कार्यदल बनाएर संविधानमा रहेको त्रुटीहरुलाई एकमुष्ट संशोधनको प्रक्रिया अघि बढाउन आग्रह समेत गरे ।
तपाईको प्रतिक्रिया