काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ ।
दिवसका अवसरमा पुस १६ गते ७७ वटै जिल्लामा हुने कार्यक्रमका लागि केन्द्रीय सदस्यहरूलाई खटाएको हो ।
२०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइरालाका साथ गणेशमान सिंह र अन्य शीर्ष नेताहरूसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।
४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पनि सबै जिल्लामा विभिन्न कार्यक्रम गर्दै मनाइने कांग्रेसले जनाएको छ ।
को कहाँ खटिए?
झापा : कृष्णप्रसाद सिटौला
मोरङ : डा. प्रकाशशरण महत
सुनसरी : महेश आचार्य
उदयपुर : आनन्दप्रसाद ढुंगाना
सप्तरी : डा. मिनेन्द्र रिजाल
सिरहा : विमलेन्द्र निधि
धनुषा : धनराज गुरुङ
महोत्तरी : सीतादेवी यादव
सर्लाही : डा. शेखर कोइराला
रौतहट : फर्मुल्लाह मंसुर
बारा : महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा : प्रकाशमान सिंह
नवलपुर : सुरेन्द्रराज पाण्डे
नवलपरासी : दिलबहादुर घर्ती
रूपन्देही : गोपालमान श्रेष्ठ
कपिलवस्तु : बालकृष्ण खाँण
बाँके : मीन विश्वकर्मा
बर्दिया : डा. चन्द्र भण्डारी
कैलाली : रमेश लेखक
कञ्चनपुर : अजयकुमार चौरसिया
तपाईको प्रतिक्रिया