मधेशवादका प्रणेतालाई ‘महाउज्ज्वल राष्ट्रदीप’, ४२१ मा ३२ मधेशी (तालिकासहित)

राजनीति

9/19/2018

काठमाडौं, ३ असोज । मधेशमा केही राजनीतिक दलले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहँदा नेपाल सरकारले मधेशवादका प्रणेता तथा नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहलाई विभूषित गर्ने भएको छ ।

स्व. सिंहलाई मरणोपरान्त महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी)बाट राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा विभूषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी)बाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई विभूषित गरिनेछ ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले राष्ट्रपतिद्वारा मानपदवी, अलङ्कार र पदकबाट चार सय २१ जनालाई गरिने विभूषितमा मधेशी समुदायका जम्मा ३२ जना छन् भने गैरमधेशी समुदायका तीन सय ८९ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ