मधेश आन्दोलनका घाइतेलाई तीन लाख

राजनीति

11/12/2018

सर्लाही, २६ कार्तिक । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका कविलासी नगरपालिका–१ पिपरियाका रामनाथ रायका २२ वर्षीय छोरा गुडुकुमार रायलाई प्रदेश सरकारले तीन लाख रकम प्रदान गरेको छ ।

नोकैल्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले घाइते रायलाई तीन लाखको चेक प्रदान गरे । मधेश आन्दोलनका क्रममा २०७२ साल मङ्सिर १७ गते सर्लाहीको नवलपुरमा आयोजना गरिएको जनसभामा प्रहरीको गोली लागी उनी घाइते भएका थिए ।

सोही कार्यक्रममा मुख्यमन्त्री राउतले दीपावलीको दिन ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा आगलागीमा परी मृत्यु भएको एक बालक परिवारलाई दुई लाख सहयोग गर्ने घोषणा गरे ।

दीपावलीको अवसरमा मैनबत्ती बालेर गाडीभित्रै राखेर सुतेको अवस्थमा आगलगी हुँदा रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको जलेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ