मधेश आन्दोलनका शहीदको सम्झनामा श्रद्धाञ्जली सभा

राजनीति

11/21/2018

राजविराज, ५ मंसिर । मधेश आन्दोलनका शहीद नागेश्वर यादवको समझ्नामा एक कार्यक्रमबीच तेस्रो स्मृतिसभा मनाएको छ ।

रूपनी गाउँपालिका वडा नम्बर–४ स्थित छपकी टोलमा बुधबार नागेश्वरको सम्झनामा स्मृतिसभाको आयोजना गरी मनाएको हो ।

मधेश आन्दोलनको क्रममा ०७२ मंसिर ५ गतेका दिन रूपनीमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नागेश्वर यादवको गोली लागी मृत्यु भएको थियो ।

सो अवसरमा प्रदेश २ का सांसद मनिष कुमार सुमनले शहीद नागेश्वर यादवको समाधि स्थलमा फुलमाला लगाई श्रद्वान्जली अर्पण गरेका छन् ।

सो अवसरमा राजपाका सहमहासचिव गजेन्द्र मण्डलले शहीदको सपना साकार गर्न राजपा पूर्णरूपले लागेको बताउँदै राजपाले सम्पूर्ण शहीदको शालिक बनाउने र उनका परिवारलाई रोजगारको ग्यारेन्टी गर्ने बताए ।

सोही अनुसार शहीद नागेश्वर यादको पत्नी सुष्मा यादबलाई रूपनी गाँउपालिकाको कार्यालयमा सामाजिक परिचालकको रूपमा रोजगार दिएको छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजपा केन्द्रीय सदस्य बिन्देश्वर साह, केन्द्रिय सदस्य तथा युवा नेता दिनेश यादब, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी साफी, राजपा सप्तरी अध्यक्ष मण्डल सदस्य सुनिल कुमार झा, रूपनी गाँउपालीका वडा ४ काअध्यक्ष छेदी ईसर, सहिद नागेश्वरका दाई जुगेश्वर यादब, स्थानिय नेता तेज नारायण यादब, लालबहादुर महतो लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ