मधेशी स्वास्थ्यकर्मी फोरम मायादेवी गाउँपालिकामा पाण्डेय

राजनीति

12/9/2018

दिलिप कुमार यादव, कपिलवस्तु, २२ मंसिर । मायादेवी गाउँपालिका स्तरीय मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल गठन गरिएको छ ।

महेश कुमार पाण्डेयलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ । मायादेवी गाउँपालिकाको हरनामपुरमा बसेको भेलाले पाण्डेयको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको हो ।

संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवका अनुसार समितिको उपाध्यक्षमा सरोज कुमार साह, सचिवमा श्रवाण कुमार शाह, सहसचिवमा तिलकराम गडारीय र कोषाध्यक्षमा राधिका यादव चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सुरेन्द्र कुमार चौधरी, जंगबहादुर कहाँर, कुलदिप गौंड, अब्दुल हकिक तेली, सविता चौरसिया, सुस्मिता राना, विद्यासागर यादव र रुस्ताम अन्सारी लगायत स्वास्थ्यकर्मीहरु छन् ।

संघीय समाजवादी फोरम नेपालनिकट नवगठित समितिलाई पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, जिल्ला सचिव तथा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, जिल्ला सदस्य जनर्दन प्रसाद कुर्मीलगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ