मोर्चाका नेताहरुको सुरक्षाका लागि गृह मन्त्रालयलाई पत्र

राजनीति

11/2/2018

काठमाडौं, १६ कार्तिक । नेपाल सरकारको राजनीतिक वार्ता टोली–२०७५ ले जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेताहरुको सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

विद्रोही समूहहरुसँग वार्ता गर्नका लागि नेपाल सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीले वार्ता अवधिभर मोर्चाका नेताहरुको सुरक्षा प्रबन्ध मिलाउन गृहलाई अनुरोध गरेको हो ।

मोर्चाले शुक्रबार वार्ताको वातावरण निर्माण गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुको सुरक्षा व्यवस्था मिलाउन वार्ता टोलीलाई आग्रह गरेको थियो । सोही अनुरुप सरकारी वार्ताले शुक्रबारै गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ