मुलुक आज इतिहासकै संकटपूर्ण अवस्थामा पूगेको छ : डा.कोइराला

राजनीति

2/19/2019

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक इतिहासकै संकटपूर्ण अवस्थामा पुगेको बताएका छन् ।

६९औं प्रजातन्त्र दिवसको अवसरमा मंगलबार एक वक्तव्य जारी गर्दै नेता डा. कोइरालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको उल्लेख गरेका छन् । ‘मुलुकमा सर्वसत्तावाद र निरंकूशताको बादल देखिन थालेको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘जसले गर्दा शहीदहरूको रगतसँग साटिएको जनआन्दोलनका उपलब्धिहरू गुम्ने खत्तरा बढेर गएको छ ।’

उनले भनेका छन्, ‘तसर्थ हामी थप जिम्मेवार बन्नुपर्ने समय आएको छ । ६९ औं प्रजातन्त्र दिवसको अवशरमा शहीदहरूप्रति श्रद्धासूमन व्यक्त गर्दै लोकतन्त्रका पक्षमा र जस्तोसुकै निरंकूशताका बिरूद्ध लड्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ