महात्मा गान्धी विश्वकै महान् नेता

राजनीति

2/1/2019

काठमाडौँ, १७ माघ । भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भए कै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित हुनुभएको चर्चा गरिएको छ ।

महात्मा गान्धी स्मृति दिवसका अवसरमा काठमाडौंमा भारतीय दूतावास र डिल्लीरमण–कल्यायणी रेग्मी स्मृति पुस्तकालय विकास समितिले आयोजना गरेको गान्धी शान्ति, अहिंसा र मानवता विषयक कार्यक्रममा सहभागी वक्ताले गान्धी शान्ति र अहिंसाका पूराजी भएको बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गान्धीको सत्यप्रतिको निष्ठा, अहिंसा र मानवता नै मानवजातिलाई शान्ति प्रदान गर्ने एक मात्र असल मार्ग भएको उल्लेख गरे । पूर्वमन्त्री गणेश शाहले समाजलाई समृद्ध तुल्याउन सबैभन्दा ठूलो अस्त्र भनेको शान्ति र अहिंसा नै भएको बताए ।


पूर्वराजदूत एवं प्राध्यापक जयराज आचार्यले अहिंसा, स्वतन्त्रता, सत्याग्रह, सादाजीवन र छुवाछुद विरुद्ध गान्धीले गरेको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रशंसा हुने गरेको उल्लेख गरे । नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले भारतको स्वतन्त्रताका लागि गान्धीले अघि सारेको अडान र बाटो आधुनिक विश्वले पनि मुक्त कण्ठले प्रशंसा र अनुशरण गर्दै आएको धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ