महाधिवेशन अघि राजपाको छलफल तीव्र पार्दै

राजनीति

2/21/2019

काठमाडौं, ८ फागुन । राजपा नेपालले फागुन १० गतेदेखि १३ गतेसम्म जनकपुरमा प्रदेश २ को प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक गर्ने निर्णय गरेको छ ।

पार्टीको बसेको अध्यक्षमण्डलको बैठकले महाधिवेशन अगाडि विभिन्न प्रदेशमा बैठक गर्ने निर्णय गरेको सह महासचिव जेपी यादवले जानकारी दिए ।

यस्तै फागुन १४ गते प्रदेश १ को विराटनगरमा झापा, सुनसरी, मोरङ र उदयपुरका अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक गर्ने निर्णय गरेको छ ।

फागुन १६ गते भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तुका अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरुको बैठक बस्ने पार्टीले विज्ञप्ति मार्फत जनाएको छ ।

फागुन १७ गते नेपालगञ्जमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङको जिल्ला अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरुको बैठक बस्ने जनाएको छ ।

यस्तै फागुन २२ देखि २५ गतेसम्म काठमाण्डौंमा मधेशी, आदिवासी जनजाती वुद्दिजीविसंग अन्तक्रिया गर्ने राजपाले जनाएको छ ।

महाधिवेशनको तयारी स्वरुप विभिन्न प्रदेश र संघ संस्थासंग सो पार्टीले छलफल गर्न लागेको हो । यस्तै सदस्यता वितरणका लागि उसले फागुन १५ गतेसम्मका लागि अन्तिम म्याद थप गरेको पनि जनाएको छ ।

राजपाले आगामी बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरे पनि स्थान भने तय गरेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ