कपिलवस्तु, २४ मंसिर । महिलाहरुको हकअधिकार प्राप्त गर्नका लागि महिलाहरुको क्षमता विकास गर्नु पर्ने एक कार्य्रक्रमका सहभागिले बताएका छन् ।
नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा राखेको कार्यकर्ता भेटघाटमा सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा वोल्दै पुर्व सिंचाई राज्य मन्त्री एवं काग्रेंस जिल्ला सभापति सुरेन्द्रराज आर्चायले संविधानले प्रदत गरेका अधिकार महिलाहरुले पाउन नसेकोको बताए ।
स्थानीय तह तथा राज्यका निकायमा महिलाको आरक्षण सूरक्षित भएपनि अझै पनि सो पदमा बसेर नेतृत्वदायी भुमीका निर्वाह गर्न नसकेको हुंदा महिलाहरुलाई क्षमता विकास गर्नु पर्ने बताए ।
साथै आर्चायले ग्रामिण क्षेत्रका महिलाहरुको हक हितको लागी सचेतना मुलक कार्यक्रम पार्टी तथा सारेकारवालाहरुले मिलेर गर्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया