महिला फोरम कपिलवस्तुमा रोजना निशा

राजनीति

1/14/2019

कपिलवस्तु, ३० पुस । संघीय समाजवादी फोरम, नेपालको महिला संगठन संघीय समाजवादी महिला फोरम, नेपालको कपिलवस्तुको जिल्ला समिति पुनर्गठन भएको छ ।

रोजना निशा मियाईनकोे अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश नं. ५ का संसदीय दलका नेता सहसराम यादवको प्रमुख अतिथ्याताममा पुनर्गठन भएको छ ।

भेलाले उपाध्यक्षमा सत्यवाती हरिजन, सचिवमा सुमन्ता यादव, सहसचिवमा रिंका ठाकुर, कोषाध्यक्षमा गुलाब गडारिया रहेका छन् ।

नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रमको प्रमुख अतिथि यादवले मधेशी, जनजाति, अदिवासीहरुको अधिकारको लडाईमा महिलाहरुको सक्रिय सहभागिता रहेको तथा अगामी दिनमा आझै जोडदार रुपमा उठाउन नयाँ कार्यसमितिले अहम भूमिका खेल्नु पर्ने बताए ।

साथै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममै शुभकामना मन्तव्य राख्दै महिला फोरमको प्रदेश नं. ५ की अध्यक्ष निलम यादवले महिलाहरुलाई नेतृत्वमा ल्याउन संघीय समाजवादी फोरम नेपाल सधै तयार रहेको तथा समितिले महिलाहरको नेतृत्वमा अहम भूमिका खेल्नु पर्ने बताइन् ।

साथै नयाँ कार्यसमितिलाई सफलकार्यकालको शुभकामना दिँदै महिला अधिकार तथा नेतृत्वको भूमिका लिन महिला फोरम तयार रहनु पर्ने बताइन् ।

नवनिर्वाचित अध्यक्ष रोजना निशाले महिला फोरमले दिएको जिम्मेवारीलाई पूर्णरुपमा सफल बनाउन तथा पार्टीको हरेक क्रियाकलापमा महिला सहभागिता तथा नेतृत्वदायी कदम निर्वाह गर्ने बताउँदै सबैको साथ र सहयोगले महिला फोरमलाई शाक्तिशाली बनाउने प्रतिबद्धाता व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ